Butwal Today

सर्वदलीय बैठक बस्दै

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्दैछ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?