Butwal Today

सप्तकोशीमा जल सतह उच्च, ब्यारेजका २१ ढोका खोलिए

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

सुनसरी । सप्तकोशी ब्यारेजमा जल सतह केही समययताकै उच्च भएको छ। कोशी परियोजनाका अनुसार मंगलबार बेलुकी ६ः१५ बजे ब्यारेजमा एक लाख ७१ हजार ७१५ क्युसेक पानी मापन गरिएको छ। जल सतह बढेसँगै ब्यारेजका २१ वटा ढोका खोलिएका छन्। उच्च बहावका कारण ब्यारेजबाट भारी सवारीसाधनलाई पालैपालो आवतजावत गर्न दिइएको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ। विभिन्न पहाडी जिल्लाबाट सप्तकोशीमा मिसिने नदी तथा खोलामा पानीको बहाव बढेकाले ब्यारेजमा जल सतह उच्च भएको कोशी परियोजनाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?