Butwal Today

रसुवा बाढीपछि नेपाललाई चीनको मौसमसम्बन्धी सहयोग

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । केरुङ–रसुवागढी सीमा क्षेत्रमा गएको भीषण बाढीपछि चीनले नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वसूचना तथा मौसमजन्य प्रभावसम्बन्धी सेवा उपलब्ध गराइरहेको जनाएको छ।चीन मौसम विज्ञान प्रशासन ९सीएमए० का प्रवक्ता वाङ यावेईले बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाललाई मौसमसम्बन्धी सहयोग उपलब्ध गराइरहेको जानकारी दिएका हुन्।

प्रवक्ता वाङका अनुसार बाढीपछि चीन मौसम विज्ञान प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो। चीनले नेपालको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक मौसमसम्बन्धी सूचना र सेवा उपलब्ध गराउँदै आएको उनले बताए।

नेपालको आपत्कालीन प्रतिक्रिया तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन चीनले आवश्यक मौसम सेवा निरन्तर सुनिश्चित गर्ने प्रवक्ता वाङले बताए। उनले नेपालसँग मौसम विज्ञान तथा विपद् व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?