Butwal Today

परासीमा गोली हवाई फायर, लागू औषध खरिद गर्ने व्यक्ति नियन्त्रण

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१ मा प्रहरीले चार राउन्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागूऔषध खैरो हेरोइन खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतीय मोटरसाइकलमा आएका दुई जनालाई शंका लागी रोक्न खोज्दा प्रहरीको निर्देशन नमानेर भाग्न खोजेपछि चेतावनीस्वरूप चार राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट १ सय ५८ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज, सेरौली ठेगाना भएका ३३ वर्षीय गिरिजेश श्रीवास्तव र भारत निचलौल ठेगाना भएका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन्।

उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइनसँगै एउटा मोबाइल फोन र भारतीय नम्बर प्लेटको ग्ए छट ब्ज् टज्ञडढ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरो प्रवक्ता एवम् प्रहरी उपरीक्षक दुर्गा राज रेग्मिले जानाकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?