Butwal Today

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन पठाइँदै

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ ।

विपद् प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा खोज तथा उद्धार र समन्वयमा कठिनाइ भएपछि सूचना प्रवाहलाई सहज र निरन्तर बनाउन स्याटेलाइट फोन उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उपलब्ध गराइएका स्याटेलाइट फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा तत्काल प्रयोग हुने गरी पठाइएको छ ।

बाढीपहिरोका कारण स्थलगत सञ्चार पूर्वाधारमा क्षति पुगेका संवेदनशील क्षेत्रमा स्याटेलाइट फोनको प्रयोगले खोज तथा उद्धार टोलीबीचको समन्वय तथा घटनास्थलको वस्तुस्थिति सम्प्रेषणलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?