Butwal Today

भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीमा आज बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले विपद्का बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिए । उनले विपद् व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयका लागि निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत आह्वान गरे ।

विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै सभामुखले आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते बिहीबार दिनको १ः०० बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?