Butwal Today

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपति पौडेलको आह्वान

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले विपद्को यस घडीमा उद्धार तथा राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षाकर्मीलगायत सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका छन् ।

साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहँदै आवश्यक समन्वय र सहयोगमा जुट्न उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?