© 2026
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको छ । यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरेको हो ।
मन्त्रालयका अनुसार, प्रतिष्ठानको शिक्षाध्यक्षमा डा बाबुराजा महर्जन, रजिस्ट्रारमा डा अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा सन्तवीर महर्जनलाई नियुक्त गरिएको छ ।
नवनियुक्त पदाधिकारीलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री निशा मेहताले नियुक्तिपत्र प्रदान गरिन् । प्रतिष्ठानको उपकुलपतिमा डा नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका छन् ।