© 2026
काठमान्डौँ ।
नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरोका कारण जोखिममा रहेका सर्वसाधारणलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन् ।
दीपेन्द्रले रसुवातर्फ भोटेकोसीमा आएको ठूलो बाढी र त्यसबाट निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रिशूली आसपास, विशेषगरी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोको खबरले मन निकै दुःखी बनाएको छ । रसुवातर्फ भोटेकोसीमा आएको ठूलो बाढी र त्यसले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रिशूली आसपास, विशेषगरी तटीय क्षेत्रमा रहनुभएका सबैलाई सचेत र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछु । देशको यो कठिन घडीमा हामी सबै एकजुट भएर अघि बढौँ । सतर्क रहौँ, सुरक्षित रहौँ ।’