© 2026
बाँके । नेपाल प्रेस युनियन बाँकेले रु १० लाख राशिको अक्षयकोष रहने गरी ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ ।
युनियनका सचिव भीष्म लोधका अनुसार, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारको पेसागत जोखिमलाई ध्यानमा राख्दै उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । युनियन बाँकेका अध्यक्ष कमल खत्रीले पत्रकारलाई कामका सिलसिलामा आइपर्ने जोखिमका घटनामा केही राहत पु¥याउने उद्देश्यले कोष स्थापना गर्ने निर्णय भएको बताए ।
पत्रकार समाचार सङ्कलनमा निस्कँदा जति बेला पनि दुर्घटनाको जोखिम हुन सक्ने भएकाले यस्तो अवस्थामा कोषबाट सञ्चारकर्मीलाई सहयोग पुगोस् भन्ने हेतुले कोष स्थापना गरिएको उनको स्पष्टोक्ति छ ।
यसैबिच नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक केशवराज कोइरालाले प्रमाणपत्र प्रदान गरेका थिए ।