© 2026
बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाहीको तयारी गर्दै २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारलाई समर्थन गरेको भन्दै सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेलवासे र भण्डारीलाल अहिरसँग पुनः स्पष्टीकरण मागिएको हो। यसअघि पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएको भन्दै जसपा नेपालले पुनः २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको जनाएको छ।
पार्टीको निर्णय र निर्देशनविपरीत गतिविधि गरेको ठहर भएमा तीनै सांसदलाई थप कारबाही प्रक्रिया अघि बढाउने तयारी जसपा नेपालले गरेको छ।