Butwal Today

श्रम मन्त्री यादवसँग राजदूत शामसीको भेट

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबिच दुई देशबिचका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ ।

भेटमा मन्त्री यादवले नेपाली श्रमिकलाई प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।

सो अवसरमा राजदूत शामसीले नेपाली श्रमिकको हकहित र अधिकारका विषयमा युएईले निरन्तर छलफल र समन्वय गरिरहेको बताएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?