© 2026
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी पत्नी सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो।
इजलासले श्रेष्ठको निवास तथा जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत साथमा ल्याएर उनलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै श्रेष्ठको पक्राउको कानुनी आधार तथा प्रहरीले बरामद गरेका सामग्रीका विषयमा समेत आगामी सुनुवाइमा छलफल हुने भएको छ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र अधिवक्ता रमेश बडालले बहस गरेका थिए।भदौ १ गते हुने सुनुवाइबाट श्रेष्ठको कानुनी अवस्थाबारे थप स्पष्टता आउने छ।