Butwal Today

रोल्पा पहिरो अपडेटः बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ । योसँगै उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । उनीहरुको शव आज छिमेकी जिल्ला प्युठानमा नदी किनारको विभिन्न क्षेत्रमा भेटिएको हो । शवको पहिचान भइसकेको छ ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता रोल्पाको थवाङ गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको शव भेटिएको हो । पहिरोमा परेर तीन जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?