© 2026
काठमान्डौँ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका पीडितले अहिलेसम्म वास्तविक न्यायको अनुभूति गर्न नपाएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिनबाट मात्रै पीडितले वास्तविक न्याय पाउने दाबी गरेका छन् ।
‘भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिन अपरिहार्य छ, जुन ढिलो–चाँडो हुने नै छ । त्यसबेला पीडितहरूले वास्तविक न्यायको अनुभूति गर्न पाउनेछन्,’ उनले लेखेका छन् ।
देशमा ‘गैरजेनजी’हरूको हुकुम चलिरहेको दाबी गर्दै पोखरेलले यस्तो अवस्थामा उनीहरूबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ हुने बताएका छन् ।
पोखरेलले जेनजी आन्दोलनका क्रममा षड्यन्त्र भएको हुन सक्ने एमालेको पुरानै दाबीसमेत दोहोर्याएका छन् ।