Butwal Today

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तीव्र गतिमा अघि बढ्छ : मन्त्री लम्साल

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

अर्घाखाँची । नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सालझण्डी– सन्धिखर्क– ढोरपाटन सडक आयोजना अब तीव्र गतिमा अघि बढ्ने बताएका छन र । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा मन्त्री लम्सालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताए ।

मन्त्री लम्सालले कालोपत्रे गर्न बाँकी रहेका सडक खण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडक खण्डको निर्माणलाई समेत अगाडि बढाइने जानकारी दिए । लामो समयदेखि निर्माणको प्रक्रियामा रहेको यो सडक आयोजना पश्चिम नेपालका विभिन्न जिल्लालाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको मन्त्री लम्सालको भनाइ छ ।

सडक निर्माण सम्पन्न भएपछि अर्घाखाँचीसहित गुल्मी, पाल्पा, बागलुङ लगायतका जिल्लाका नागरिकलाई आवागमनमा सहजता पुग्ने तथा ढोरपाटनसम्मको पहुँच थप सहज बन्ने अपेक्षा गरिएको छ । यसै बिच अर्घाखाँचीको समग्र विकास र नागरिकलाई सहज पूर्वाधारको पहुँच सुनिश्चित गर्न सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समक्ष विभिन्न माग गर्नु भएको छ ।

जिल्लामा निर्माणाधीन तथा योजनाका रूपमा रहेका सडक, बजार व्यवस्थापन र विमानस्थल निर्माणलाई गति दिन आवश्यक बजेट तथा व्यवस्थापन गर्न माग गर्दै नगरप्रमुख श्रेष्ठले भौतिक पूर्वाधार विकास मन्त्री लम्साललाई लिखित आग्रह गरेका थिए । जिल्लाको विकासका लागि महत्वपूर्ण मानिएका आयोजनाहरू लामो समयदेखि विभिन्न कारणले प्रभावित भइरहेका बेला नगरप्रमुख श्रेष्ठले ती आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री लमसाल र पूर्वाधार विकास मन्त्रालयमा सचिव गोपाल प्रसाद सिग्देलको ध्यानाकर्षण गराए । उनले सन्धिखर्क बजार क्षेत्रको व्यवस्थापनदेखि रणनीतिक सडक आयोजना र अर्घा भगवती विमानस्थल निर्माणसम्मका विषयलाई समेटेर आवश्यक बजेट विनियोजन तथा व्यवस्थापन गर्न आग्रह गरे।

यस्तै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई अर्घाखाँचीका अलपत्र परेका तथा अपरिहार्य योजनाको बारेमा बारेमा जानकारी गराइएको छ । सन्धिखर्क नगरपालिकामा भएको कार्यक्रममा अर्घाखाँचीमा अलपत्र परेका योजान, बजेट कमीका कारण तीबै गतिका साथ अगाडी नबढेका योजनाहरुका बारेमा र मन्त्रालयले गर्नै पर्ने कामका बारेमा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपाकिलाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?