Butwal Today

पाँच महिनापछि नेपाल फर्किँदै देउवा, आरजु हङकङमै रहने

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । निर्वाचनअघि २०८२ फागुन १३ गते सिंगापुर पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा साढे पाँच महिनापछि नेपाल फर्किने भएका छन्। देउवा साउन २८ गते बैंकक हुँदै काठमाडौं आइपुग्ने बताइएको छ। देउवा फर्किन लाग्दा विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ। साउन २९ गतेदेखि कांग्रेसको देउवा समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत गरेको छ।

देउवा २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। त्यसबेला भारतमा रहेकी उनकी पत्नी आरजु राणा पनि सिंगापुर पुगेकी थिइन्। थप उपचारका लागि भन्दै देउवा दम्पति २०८२ चैत ७ गते २१ मार्च २०२६ सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसयता उनीहरू छोरा–बुहारीसहित हङकङमै बस्दै आएका थिए।

सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादको मुद्दा पुनरवलोकन गर्ने निर्णय गरेपछि देउवा नेपाल फर्किन लागेका हुन्। आरजु भने तत्काल हङकङमै रहने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?