Butwal Today

प्रहरी भन्छ : देउवाविरुद्धको मुद्दाबारे रेकर्ड हेरिरहेका छौँ

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा प्रहरीले रेकर्ड जाँच गरिरहेको जनाएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा रेकर्ड हेरिरहेको बताएका हुन् ।

देउवा स्वदेश फर्किएपछि उनलाई पक्राउ गर्ने वा अनुसन्धानको दायरामा ल्याउने कुनै आधार छ कि छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा काफ्लेले भने, ‘हामीले यसबारे रेकर्डहरू हेरिरहेका छौँ । के छ, हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

यसअघि बिहीबार कांग्रेस नेता प्रकाशशरण महतले देउवा साउन २६ गते नेपाल फर्किने बताएका थिए । देउवा लामो समयदेखि विदेशमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?