Butwal Today

देउवाले काँग्रेस इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा ले सम्बोधन गर्ने भएका छन् ।

इतर समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशाङ्क कोइराला ले साउन २९ गतेदेखि काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई पूर्व सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिए ।

उनले मुलुक र पार्टीसामु देखिएका चुनौतीहरूको सामना गर्न नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्नु नै राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताए ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्पका साथ यो राष्ट्रिय भेला आयोजना गरेका हौँ,’ कोइरालाले भने ।

उनले नेपाली काँग्रेस सम्बन्धमा सर्वोच्च अदालतले हालै दिएको आदेशलाई सकारात्मक रूपमा लिएको पनि बताए ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘देउवा नेपाल फर्किँदा धरपकड भए के गर्नुहुन्छ ?’ भन्ने प्रश्न राखेपछि कोइरालाले, ‘त्यस्तो अवस्था आयो भने हामी विरोध गर्छौँ,’ भन्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?