Butwal Today

म्याद ननाघ्दै पाउरोटीमा ढुसी, उत्पादनमा हेलचक्रयाईँ

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर ९ स्थित शाही पाउरोटी उद्योगले आफ्नो उत्पादनमा गुणस्तर कायम नगरेको भेटिएको छ ।

आम उपभोक्ताको गुनासो पछि बर्दघाट नगरपालिकाले आज सो उद्योगमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा स्वच्छता कायम नगरेको लेभलिङमा त्रुटि भेटिएको र म्याद नाघ्ने मिति अगावै पाउरोटीमा ढुसी लागेको भेटिएको नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक रुद्रप्रकाश उपाध्यायले जानकारी दिए ।

म्याद टाँस्ने रङ्गिन कलर पेपर बाहिर बाट टाँस्नु पर्नेमा प्याकेट भित्रबाटै टाँसिएकाले उक्त पेपरको रङ नै पाउरोटीमा तेल सँगै लतपतिएको देखियो, म्याद ६ दिनको राखिए पनी सकिने मिति भन्दा अगावै ढुसी लागेको जस्तो देखिएको छ उपाध्यायले भने ।

पाउरोटी लगायत अन्य खाद्य पदार्थ उत्पादनमा प्रयोग गर्ने तेल र पाउरोटी परीक्षणका लागि पठाइएको र रिपोर्टमा गुणस्तरीयता नदेखिए आवश्यक कारबाही गरिने उनले जानकारी दिए ।

आम उपभोक्ताको स्वास्थ्यमा सिधै असर पर्ने गरि केही उद्योगहरूले पुरानो बासी तेल प्रयोग गर्ने र पसलहरूबाट म्याद नाघेका उत्पादनहरू फिर्ता लगेपछि तिनै पुन प्रयोग गरेर आउने गरेको समेत उपभोक्ताहरूले आशङ्का व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?