© 2026
काठमाडौं । चिकित्सा शिक्षा आयोग ले विभिन्न स्नातक तहका शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाएको छ। आयोगले बिहीबार सूचना जारी गर्दै एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहका १६ वटा शैक्षिक कार्यक्रम का लागि अनलाइन आवेदन आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक उम्मेदवारले साउन २५ गतेदेखि भदौ १५ गतेसम्म नियमित आवेदन दिन सक्नेछन्। निर्धारित अवधिमा आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुरसहित भदौ २२ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ।आवेदन शुल्क नेपाली आवेदकका लागि ४ हजार रुपैयाँ र विदेशी आवेदकका लागि ८ हजार रुपैयाँ तोकिएको छ।
यसअघि आयोगमा पदाधिकारी नियुक्ति ढिलाइ हुँदा प्रवेश परीक्षा प्रक्रिया प्रभावित भएको थियो, जसका कारण करिब ६० हजार विद्यार्थी प्रभावित भएका थिए। अहिले भने आयोगले परीक्षा प्रक्रिया अघि बढाएको छ।