© 2026
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेला तयारीका लागि ३२ वटा उपसमिति गठन गरेको छ। पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएकोमा तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू बनाइएको हो।
प्रचार–प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माका अनुसार साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय भेलाका लागि उपसमितिहरू गठन गरिएको हो।
उपसमिति र संयोजकहरू
१) राजनीतिक प्रस्ताव तयारी उपसमिति विमलेन्द्र निधि
२) साङ्गठनिक प्रस्ताव तयारी उपसमिति उमाकान्त चौधरी
३ं) समसामयिक प्रस्ताव तयारी उपसमिति एनपी साउद
४) विधान उपसमिति रमेश लेखक
५) आर्थिक नीति उपसमिति डा. प्रकाशशरण महत
६) प्रचार–प्रसार उपसमिति मीन विश्वकर्मा
७) आर्थिक व्यवस्थापन उपसमिति दीपक खड्का
८) प्रशासन समन्वय उपसमिति मोहनबहादुर बस्नेत
९) भोजन व्यवस्था उपसमिति पूर्णबहादुर तामाङ ‘कान्छाराम’
१०ं) स्वयंसेवक परिचालन उपसमिति जितजंग बस्नेत
११ं) सांस्कृतिक उपसमिति विद्या तिमिल्सीना
१२ं) मञ्च तथा हल व्यवस्थापन उपसमिति राजु श्रेष्ठ
१३ं) स्वास्थ्य उपसमिति उमेशजंग रायमाझी
१४ं) विदेशस्थित नेपाली जनसम्पर्क समन्वय उपसमिति किरण पौडेल
१५ं) ट्रेड युनियन समन्वय उपसमिति हरिशरण नेपाली
१६ं) भातृ संघ समन्वय उपसमिति गोविन्दबहादुर शाह
१७ं) शुभेच्छुक संस्था समन्वय उपसमिति ईश्वरी न्यौपाने
१८ं) आदिवासी जनजाति समन्वय उपसमिति गणेश लामा
१९ं) दलित समुदाय समन्वय उपसमिति नृप वड
२०ं) महिला समन्वय उपसमिति उषा राउत
२१ं) युवा–विद्यार्थी परिचालन उपसमिति कुन्दनराज काफ्ले
२२ं) पेसागत बुद्धिजीवी परिचालन उपसमिति भीमसेनदास प्रधान
प्रदेश समन्वय उपसमिति संयोजकहरू
कोशी प्रदेश गोमा भट्टराई
मधेस प्रदेश पदमनारायण चौधरी
बागमती प्रदेश शिव हुमागाईँ
गण्डकी प्रदेश गुरु बराल
लुम्बिनी प्रदेश गेहेन्द्र गिरी
कर्णाली प्रदेश सीता राना
सुदूरपश्चिम प्रदेश वीरबहादुर बलायर
अन्य समन्वय उपसमिति
वैदेशिक रोजगार व्यवसायी समन्वय उपसमिति सीता देवकोटा
काठमाडौँ जिल्ला सम्पर्क समन्वय उपसमिति मानबहादुर नेपाली
सचिवालय समन्वय उपसमिति दीपक प्रसाद कुइँकेल रहेका छन । नेतृत्वले उपसमितिहरूलाई जिम्मेवारीअनुसार तयारी तीव्र बनाउन निर्देशन दिएको छ।