Butwal Today

लुम्बिनी अपडेट : ५२८ सवारीसाधन कारबाहीमा, ६ लाखभन्दा बढी राजस्व संकलन

२० श्रावण २०८३, बुधबार
अ+
अ-

बुटवल ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले पछिल्लो २४ घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटनासम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा २४ घण्टाको अवधिमा ११ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ सय २८ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट ६ लाख १५ हजार ५०० सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ५३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि कार्यालयले जनाएको छ । चालक तथा सर्वसाधारणलाई लक्षित ती कार्यक्रमबाट २ हजार ५९८ जना लाभान्वित भएका छन् । कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, निर्धारित गति कायम राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?