Butwal Today

प्रदेश सरकारमा नजाने राप्रपाको निर्णय

२० श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हाल देखिएको प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान अवस्थामा कुनै पनि प्रदेश सरकारमा नजाने निर्णय गरेको हो। राप्रपाले सत्ता राजनीतिको गणितीय चलखेलमा आफू सहभागी नभएको र त्यसतर्फ लालायित पनि नरहेको स्पष्ट पारेको छ।

बैठकले प्रदेश सरकारसँग सम्बन्धित आवश्यक निर्णय लिनुपर्ने अवस्था आएमा त्यसको अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रत्यायोजन गरेको छ।
यस्तै, आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई लक्षित गर्दै विभिन्न समिति गठन गरिएको छ। अध्यक्ष लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ भने उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यहरूको नेतृत्वमा सभा व्यवस्थापन, अतिथि सत्कार, भोजन, प्रचारप्रसार, आर्थिक, सांस्कृतिक, स्वास्थ्य, सुरक्षा, स्वयंसेवक व्यवस्थापनलगायत विभिन्न समिति गठन गरिएको र स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिलाई दिइएको राप्रपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?