© 2026
भरखरै पूर्वी नेपालमा हिन्दुमाथि आक्रमण भई केही युवाहरूको ज्यान पनि गएको छ । प्रधानमन्त्रीबाट नै सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गयो भनेर विज्ञप्ति निकालिए पनि त्यो कुरालाई त्यहाँको हिन्दु समाजले नमान्दा केही समय हिन्दुहरू आन्दोलित पनि भए ।
अर्को समूहले गोली हान्यो भन्दा झनै स्थिति भयावह हुने हुनाले यसरी बोलिएको पनि हुन सक्यो । जे भए पनि स्वयं प्रधानमन्त्री र गृहमन्त्री एवम् सत्तापक्षका सांसदहरू पनि अहोरात्र लागेर यस किसिमको समस्यालाई समाधान गर्न चाहिँ खोजियो ।
यसका लागि सरकारलाई विशेष साधुवाद भन्नुपर्दछ । यस किसिमका घटनाहरू पहिला पनि भइरहेका हुन्थे तर समाधानका लागि हम्मे हम्मे पर्ने गरी भएको यो घटना चाहिँ गणतन्त्रपछिको नेपालमा पहिलो पटक नै भन्नुपर्दछ । २०६४ भाद्र ३० गते भएको मोहित खाँ नामका व्यक्तिको हत्यापछि पनि नसोचेको हिंसा भएको थियो ।
देखिने किसिमले १६ जनाको मृत्यु भएको भनिएको सो घटनामा लगभग ३ दर्जन जतिको मृत्यु भएको कुरो पनि बाहिर आएको थियो । उनी मुसलमान मात्र नभएर राजनैतिक व्यक्ति पनि भएकाले यस घटनाले राजनैतिक रूपमा माओवादीलाई दोष पनि दिएको थियो । तर माओवादीले आफ्नो हात नभएको भनेपछि यसले धार्मिक रूपमा हिन्दु मुसलमानको रूप पनि लिन खोज्यो तर अन्तिममा पहाडे र मधेसीका रूपमा उग्र रूप लिएको थियो ।
तर यस पटकको आन्दोलन चाहिँ पहाडे र मधेसीका रूपमा नभई दुई धर्म सम्प्रदायको बिचमा भएको थियो । त्यतिखेरको अवस्थामा उत्तर प्रदेशको सरकार विहारको सरकारका साथै भारतको केन्द्र सरकार नै धर्मनिरपेक्षतावादी काँग्रेस कम्युनिष्ट र समाजवादीहरूको थियो भने यस पटकको अवस्था फरक छ ।
उपस्थितिको दृष्टिकोणले धेरै तल रहे पनि आफुलाई सुदृढ तुल्याउँदै मध्य तराई र घटना भएको क्षेत्रको नजिक पर्ने विहारमा हालमा हिन्दूवादी भाजपाको शासन चलिरहेको छ । त्यसैले गर्दा पनि परिस्थिति भिन्न भएकाले सतर्क हुनुपर्ने अवस्था भिन्न प्रकारले छ । वारी हुलदंगा मच्चायो पारी गयो ।
पारी हुलदङ्गा मच्चायो वारी आयो, यस्तो परिस्थिति अहिले नाकामा छैन । यस्तो अवस्थामा वर्तमान सरकार संशङ्कित हुनुपर्ने समूह, ती समूहसँग खेल्नुपर्ने भूमिका र यस किसिमको द्वन्द्व नहोस् भन्नाका लागि आवश्यक पर्ने सतर्कता र भवितव्यमा हुन सक्ने द्वन्द्वको पूर्व समाधानका उपायका सम्बन्धमा सरकारका लागि केही सुझाव दिइएको छ –
क) वर्तमान अवस्थाको प्रमुख कारण
वर्तमान परिस्थितिको मूल कारण देशमा नेपाली जनताको हित विपरीत पारीको तात्कालिक सरकारको सल्लाह र पश्चिमा राष्ट्रहरूको खुशीका लागि ल्याइएको धर्मनिरपेक्षताको परिणाम हो । यो धर्मनिरपेक्षता मार्फत् ल्याइएको नागरिकता विधेयकले यहाँ पटक पटक विदेशी शरणार्थी र केही शङ्कास्पद तरिकाले यस्तै कोलाहल मच्चाउन आएकाहरूलाई नागरिकता दिइयो ।
नागरिकता मात्र कहाँ दिइयो र यहाँ त उनीहरूलाई अझ समावेशी समेत बनाइयो । सदियौँदेखि पहाड र तराईमा बसोबास गर्दै आएका मिया मुसलमान, जो नेपाल राष्ट्रप्रति पूर्ण वफादार भई बसेका छन्, आफ्नो धर्मभन्दा पनि पहिले राष्ट्रको कुरा गर्छन्, राष्ट्रियताको कुरा गर्छन्, नेपाली पहिरन लगाउँछन्, आफ्नो मान्छन् तर अरूहरूको पनि सम्मान गर्छन् उनीहरूलाई पो समावेशी बनाउनु पथ्र्यो तर भयो उल्टो ।
उनीहरूलाई समेत झुक्याई यहाँ जसलाई नागरिकता बाँडियो समावेशी बनाइयो, तिनैले आज देशमा यो परिस्थिति सिर्जना गराएका छन् । यसरी तनाव बढाउने र देशलाई असहिष्णुताको भूमरीमा पारिरहने योजना अनुसार नै यस्ता तत्वहरूले काम गरिरहेका देखिन्छन् ।
यस्तो अवस्थामा पनि संविधान ल्याएका पार्टीहरूले आफ्ना यस किसिमका अक्षम्य कर्तुत खुलाएर अगाडि आउनै सक्दैनन् । धर्मनिरपेक्षताले गर्दा यसो भएको हो भन्नै चाहँदैनन् किनकि यहाँ धर्मनिरपेक्षता बिरुद्ध बोलियो भने फेरि कुनै बेला यस्तो अवस्था गराउन गरिएको सम्झौता सम्झाएर त्यस्तो गराएकाहरूले नै उनीहरूलाई सिद्धाउँछन् कि भन्ने डर पनि छ । बरु उनीहरूको योजना कतै सरकार असफल भए पालो आफ्नै भन्ने सोँचेका छन् ।
नेपालमा माओवादीहरूको एजेन्डा नै यही थियो कि धर्मनिरपेक्षता मार्फत् हिन्दुलाई लखेटेर यहाँ इसाई र मुसाई भर्ने । अनि यिनकै भाउँतामा लागेका अरूहरूको बुद्धि पनि यिनैले भुटिदिए । तर यस्तो अवस्था आउँदा पनि आफुलाई समाजवाद र जनताको बहुदलीय जनवादको दोकान चलाउँदै आएकाहरूले उतिखेर माओवादीलाई थामथुम पार्न यसो गरेका थियौं । त्यसैले यसखालको भयावह स्थिति आउला भन्ने सोँचिएन ।
अतः अहिलेको परिस्थिति अनुसार निरपेक्षता खारेज गरौं भन्न सक्दै सक्दैनन् । किनकि त्यो सम्झौता भित्र केही फाईदा त यिनले पक्कै पाएका थिए । अहिले सत्तासिन पार्टीसँग सम्बन्धितहरू पनि धेरै पुरानै पार्टी र तिनैका संस्कारबाट आएकाले नयाँ किसिमको सोँचाई गर्न सकेका छैनन् । त्यसैले गर्दा देशमा आएको यो रोग प्रधानमन्त्रीको विशेष पहल र गृहमन्त्री एवम् मधेश केन्द्रित सांसदहरूको खटाईले केही दिन थामिएका तर धर्मनिरपेक्षताको उपचार नगर्दासम्म यो यस्तै रहने नै हो ।
ख) नाका नाकामा विशेष निगरानी
मैले माथि पनि भनिसकेँ पहाडका मिया मुसलमान र तराईका पनि पुराना रैथाने मुसलमानहरूलाई यस किसिमको असहिष्णुताको कारक मानियो भने हामी गलत छौँ भन्ने बुझ्न पर्दछ । तर भारतमा हिन्दूवादी पार्टीको उदय भइसकेपछि र विशेषगरेर रोहिंग्या र वंगलादेशीलाई माया गर्ने दिल्ली र पश्चिम वंगालमा समेत भाजपाको सरकार बनिसकेपछि त्यहाँबाट रोहिंग्याहरू र वंगलादेशी एवम् केही काश्मिरीहरू समेत नेपालमा आएका छन् ।
यसको प्रत्यक्ष उदाहरण त काठमाडौँको मुटु असन र कपन साइडमा गएर अवलोकन गर्दा पनि हुन्छ । काठमाडौँतिर केही शान्त देखिएपनि तराईका नाका नाकामा व्यापक अशान्त परिस्थिति बनिसकेको छ । यो अवस्थामा स्वयं पुराना मुस्लिम समुदायले नै अप्ठ्यारो मानिरहेका छन् । हिन्दु भनिने केन्द्र र मधेशका नेताहरू बेकुप भए पनि उनीहरू बेकुप छैनन् । भोलि यहाँ सिया सुन्नीका नाममा द्वन्द्व चल्ने कुरामा उनीहरू नै आफै सशङ्कित छन् ।
माथि भनिएअनुसार नै मधेशका जनतालाई नै नागरिकता दिन कुनै पनि नागरिकता विधेयकको आवश्यकता नै थिएन । तर त्यो नागरिकता विधेयक मधेशीलाई नागरिकता दिने भनेर ल्याई नागरिकता चाहिँ रोहिँग्या र वंगालीलाई दिइयो ।
मधेशीले नि त्यतिखेर कुरा बुझेनन् । तर अब असहिष्णुता बढ्नु भन्दा पहिले बुझेका भए यस्तो विकराल अवस्था आउँदैनथ्यो । तथापि सबै कुरा विग्रिनसकेकाले यो अवस्थाको सुधारका लागि यी नवनागरिकताधारी र पार्टीहरूद्वारा समावेशीका नाममा ल्याइएका चर्को कुरा गर्नेहरूको बोलाई, गराई र चलाईको विशेष निगरानी गर्नुपरेको छ । पहिले जे गल्ती गरियो गरियो, अब गल्ती नहुने गरी सचेत चाहिँ बन्नैपर्दछ ।
ग) सिके राउत लगायतलाई विशेष निगरानी –
वर्तमानको परिस्थिति र विहारतिर भएको राजनैतिक परिवर्तनपछिको विहार शासनको नीतिले मधेशका जनताले पनि पहाडीले हाम्रो भाइचारामा केही विगारेका रहेनछन् भन्ने बुझिसकेका छन् । हिन्दूत्वभित्रको भाइचारा जानिसकेका छन् ।
वास्तवमा उनीहरूले जसलाई माया गरेर राखे, नागरिकता दिँदा पनि सहयोग गरे, उनीहरूबाटै यसरी दिनदिनै प्रताडित हुँदा वास्तविकतामा झर्लङ्गी सकेका छन् । मधेश आन्दोलनका समयमा उपेन्द्र यादव आदि नेताका भाउँतामा लागेर पलायन भएका पहाडीहरू आज मधेशमा रहेका भए कति धेरै सहयोग हुन्थ्यो भन्ने कुरा पनि बुझिसकेका छन् । तर पनि यही समय पारेर विखण्डनकारी सिके रावतले लौ मधेशलाई अधिकार नभएर यसो भएको हो समेत भन्न भ्याइसकेका छन् । सेना उनकै चाहियो रे अरू पनि के के के के ।
उपेन्द्रलाई जिताएर अधिकांश हिन्दु भएको मधेशमा अर्कै धर्म सम्प्रदायको मुख्यमन्त्री बनाइयो र मदरसाहरूको विकास गरियो अब सिकेलाई ल्याएर फेरि क्रिस्तानीकरण मार्फत् मधेशमा द्वन्द्व फैलाउन मधेशी जनताले चाहँदै चाहन्नन् ।
त्यसैले पनि पृथ्वीनारायणलाई आदर्श ठानेर हिँड्ने बालेन्द्र शाहलाई नै बहुमतको शासन सत्तामा पुर्याएका हुन् । यस समयमा सिके राउतका साथ अरूपनि मधेशी नेता जसले मधेशका नाममा राजनीति गरे, विदेशीवादका टाई र विपरीत धर्मीको टोपी लगाए, तर हिन्दुत्वको प्रतीक टोपी र पहाड–मधेशको पहिचान दौरा सुरुवाल र धोती लगाएनन् । त्यस्तालाई यो बेला एकदमै निगरानीमा राख्नैपर्दछ ।
अन्त्यमा जति भने पनि कहिले नै सिद्धिदैन । किनकि यो देशको अवस्थाले गर्दा ठूलो पीडा भएको छ । शान्त नेपाललाई यो अवस्थामा ल्याइएको छ । यसमा ९९% जिम्मेवारी पुराना दलको नै हो । निरपेक्षता र नागरिकता विधेयक नै यसको कारण हो । २०६३ मा नागरिकता पाएकाले ३ वटी श्रीमती मार्फत् कसमेकम तीसजना बच्चा जन्माएका छन् भने पुराना मधेशी र पहाडी चाहिँ बल्ल बल्ल दुईवटा सम्म बच्चा जन्माएर केही गर्न नसक्ने गरी खसी परेर बसेका छन् । अनि नयाँले नै समावेशीताका नाममा अवसर पाएका छन् । नेपालमा आएका यिनीहरूलाई सभ्य मुस्लिम देशले पनि राम्रो मान्ने गरेको छैन ।
अतः यिनलाई कार्यवाही गर्दा अरव रिसाउला भन्ने खालका पोष्टहरू हामीलाई अनावश्यक डरमा पार्न लेखिएका हुन् । ती पोष्टका कुराहरू पूर्णरूपमा गलत छन् । यसको समाधानका लागि भारतका लागि पनि टाउको दुखाई भएकाले भारतीय प्रधानमन्त्रीजी, विहार र युपीका मुख्यमन्त्रीका साथ पश्चिम वंगालका मुख्यमन्त्रीसँग पनि गहन छलफल गरी समाधान होस् ।
अर्कोतिर फेरि तिनै दलहरूले विभिन्न धार्मिक संगठनका नाम बनाएर सामाजिक सञ्जालमा अनेक कुरा लेखेर त्रासदीको माहोल बनाइरहेका छन् । उनीहरूको उद्देश्य देशमा अमन चयन भन्दा पनि प्रधानमन्त्री मुर्दावाद भन्ने खालको छ । यिनीहरूको पनि व्यापक निगरानी होस् । धर्म धर्म एक भने पनि कुनै पनि हालतमा यो संसारमा सर्वे भवन्तु सुखिनः भन्ने र इसाइको जनसंख्या बढाउने एवम् अरूलाई काफिर भन्नेहरू एक हुनै सक्दैनन् ।
संसारमै सर्वे भवन्तु सुखिनः भन्नेहरू अब एकजना पनि नमरून् । कसैको पनि अहित गर्नु त कता हो कता सोँच्न पनि नसोच्ने यी सनातनी मर्ने भनेको सत्य मरी असत्यले राज गर्नु हो । अझ विशेषगरेर गाईको रक्षा गर्ने, गाईलाई माता मान्ने हाम्रो देश नेपाल गोरक्षहरूको हो, गोभक्षकहरूको होइन । यो देश सर्वे भवन्तु सुखिनः भन्नेहरूको मात्र हो । विश्वका जुनसुकै कुनामा पनि बस्ने सनातन धर्मावलम्बीहरूलाई माया गर्ने खालको नेपाल होस् । नेपाल देश तीर्थरूपमा विकास होस् । जय नेपाल ।