© 2026
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको विस्तार र जनसम्बन्ध सुदृढ बनाउन हरेक वर्ग, समुदाय र पेसागत क्षेत्रलाई समेटेर ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गरिएको बताएका छन् ।
आज प्रदेश कमिटीका पदाधिकारी र अभियानका केन्द्रीय प्रतिनिधिसँग भर्चुअल बैठक गर्दै उनले पार्टी र जनताबिचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको भन्दै यसलाई प्रभावकारी बनाउन निर्देशन दिए ।
एमालेले अभियानका लागि देशभरका सबै पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ । महासचिव पोखरेलले पार्टीको सङ्गठनात्मक पुनर्गठनको कार्यलाई तल्लो तहसम्म विस्तार गरिने पनि बताए ।
पार्टीका सचिव भानुभक्त ढकालले अभियानकै क्रममा सदस्यता नवीकरणलाई पनि तीव्रता दिइने जानकारी दिए ।