© 2026
चितवन ।
चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ ।
एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठेरोमा परेका व्यक्तिका घरमा खाना पकाउने ९एलपी० ग्यास पु¥याउने व्यवस्था मिलाएको छ ।
आज जिल्ला प्रशासन कार्यालय र ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि उक्त व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त र अपाङ्गले ग्यास नपाएको खबर प्राप्त भएमा घरमा नै ग्यास पठाउने व्यवस्था गरिएको जानकारी दिए ।
व्यक्ति विशेषले समेत ग्यास नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ ।
जिल्लामा बाबा, साइबाबा र नेपाल ग्यास उद्योग छ । गैँडाकोटमा रहेको जानकी ग्यासको बजार क्षेत्र चितवन हो । चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्यास अभाव नहुने जानकारी दिएका छन् । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले पहिलेको तुलनामा पर्याप्त ग्यास आएकाले बजारमा अभाव नहुने जानकारी दिए ।