Butwal Today

मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

चन्द्रौट । कपिलवस्तुमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६, सिद्धिपुरमा लु.प्र.०१–००३ प १५६१ नम्बरको मोटरसाइकल आफै अन्यिन्त्रित भइ दुर्घटना भएको हो ।

प्रहरीका अनुसार सोमबार साझा करिब ५ बजे दुर्घटना भएको थियो । सोही मोटरसाइकलमा ३ जना सवार थिए, जसमध्ये गोबरीका २५ बर्षिय मुरली यादवको घटना स्थलमै मृत्यु भएको छ । भने अर्का सवार मोटरसाइकलबाट २९ बर्षिय प्रतिक जैसवाल गम्भिर घाईते भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिकलाई थप उपचारका लागि भैरहवा पठाइएको छ । मोटरसाईकल चालक अक्षय श्रीवास्तव प्रहरीको नियन्त्रणमा रहेका छन् । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?