Butwal Today

कपिलवस्तुमा नुहाउने क्रममा एक युवाको मृत्यु

१६ श्रावण २०८३, शनिबार
अ+
अ-

चन्द्रौटा । कपिलवस्तुमा सुरही बृजमुनिस्थित खोलामा नुहाउने क्रममा एक युवाको मृत्यु भएको छ । शिवराज नगरपालिका–४ का २६ वर्षीय विजय जयसवालको नुहाउने क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार शिवराज नगरपलिका वडा नम्बर–१, स्थित सो खोलामा नुहाउन गएका उनी शनिबार दिउसो करिब ३ बजे बेपत्ता भएका थिए । घटनाको सूचनापछि प्रहरी स्थल पुगेका थिए तत्काल खोजी गरी उनलाई खोलाबाट बाहिर निकालिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

उपचारका लागि आधारभूत अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । जयसवालको शवलाई आधारभूत अस्पतालमा राखिएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?