Butwal Today

राकेशकुमार दास विरुद्ध आरोप पत्र दर्ता

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  राकेशकुमार दास विरुद्ध आज विशेष अदालतमा आरोप पत्र दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दासलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी जागिर गरेको  आरोपमा मुद्दा दर्ता गरिएको हो । निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

दास बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छन् । उनले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट इन्टरमिडियट तह र वेन्केटेश्वर युनिभर्सिटी तिरुपतिबाट स्नातक तह, कम्प्युटर साइन्सको झुटा शैक्षिक प्रमाणपत्र पेस गरी कम्प्युटर पदमा नियुक्ति लिएका थिए ।

आयोगले दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (१६) को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन माग दाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?