Butwal Today

सुरु भयो राष्ट्रिय सुरक्षा परिषद्को बैठक

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । केहीबेरअघि सुरु भएको बैठकमा सुनसरीमा भएको हिंसात्मक घटनासहित देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्थाअनुसार बैठक प्रधानमन्त्रीको अध्यक्षतामा बसेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?