© 2026
काठमाडौँ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
मङ्गलबार साँझ अचानक चक्कर तथा वान्ता भएपछि डा. भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको निगरानीमा उपचार जारी रहेको र अवस्था सुधारोन्मुख भएको डा. भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सककाअनुसार उनको भित्री कानमा समस्या देखिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट सामान्य रहेको छ ।