Butwal Today

बाढीले सेनाको ब्यारेकमा क्षति

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

गण्डकी ।  सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ ।

केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो । प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन कोठा पूर्ण रूपमा क्षति भएको सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवलदार टीकाराम गुरुङले जानकारी दिए ।

बाढीले सेनाको हातहतियारबाहेक लत्ताकपडा र अन्य सामग्री बगाएको छ । मङ्गलबार प्रहरीले घटनास्थल पुगी क्षतिको विवरण सङ्कलन गरेको थियो । भौगोलिक रूपमा टाढा र विकट रहेकाले घटनाबारे ढिला गरी खबर प्राप्त भएको हवलदार गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?