Butwal Today

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

१० श्रावण २०८३, आइतबार
अ+
अ-

दाङ ।

राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल पु¥याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?