© 2026
चन्द्रौटा । कपिलवस्तुमा पानीमा डुबेर एकजना युवकको मृत्यु भएको छ । बाणगंगा नगरपालिका(९ कोइला नदीमा पौडी खेल्ने क्रममा आइतबार करिब ५ बजे साँझ डुबेर मृत्युु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका ७ बस्ने १८ वर्षीय कवीन सापकोटा रहेका छन् । ५ जना साथीहरुसँगै नुहाउन गएका सापकोटा नदीमै बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुमार सिंहले दुई घण्टापछि उनको शव तैरिएको अवस्थामा नदीमै फेला परेको जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।