Butwal Today

राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आयो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड

९ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट उत्पन्न भएको बताएका छन् ।

आज नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान परिस्थितिमा कम्युनिस्ट आन्दोलनले ठूलो धक्का व्यहोरेको उल्लेख गर्दै आन्दोलनलाई पुनः एकताबद्ध गर्न आवश्यक रहेको बताए ।

संयोजक दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्दै पुनः देशको नेतृत्व गर्ने सङ्कल्प गर्नुपर्ने समय आएको धारणा राखे। देशको स्वाधीनतामाथि देखिएको सङ्कट समाधान गर्न, कम्युनिस्ट आन्दोलनले सामना गरिरहेको असाधारण चुनौतीको सामना गर्न तथा आन्दोलनलाई एकताबद्ध बनाउन सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

उनले देशमा निरङ्कुश प्रवृत्ति देखापरेको दाबी गर्दै त्यसका विरुद्ध फेरि एकपटक सङ्घर्ष गर्नुपर्ने अवस्था आएको पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?