© 2026
काठमान्डौँ ।
प्रहरीले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट दुई महिलालाई नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गर्न पुगेका निहारिका राजपुत र बिनु यादवलाई निषेधित क्षेत्र प्रवेश गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निषेधित क्षेत्र तोडेकाले दुवैलाई नियन्त्रणमा लिइएको हो ।
घरेलु हिंसापीडित रहेको र अदालतमा विचाराधीन मुद्दाको छिटो सुनुवाइ हुनुपर्ने माग गर्दै निहारिका राजपुत र बिनु यादव केही दिनदेखि आन्दोलनरत छन् ।