Butwal Today

नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढेर दुई हजार ७२६ दशमलव १७ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९८ अङ्कले बढेर ४७१ दशमलव ३० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले बढेर १८६ दशमलव ५८ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव २९ अङ्कले बढेर १५९ दशमलव ७३ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ७७ हजार २२२ कित्ता सेयर रु चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्दा दुई वटा घटेका छन् । आज १५३ कम्पनीको सेयर कारोबार बढेको छ भने १११ कम्पनीको सेयर घट्नुका साथै १२ कम्पनीको सेयर स्थिर रहेको हो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिभर लिमिटेड र अपोलो हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावर, रिलाइन्स स्पिनिङ मिल्सकालगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?