Butwal Today

काभा पुरुष भलिवल च्याम्पीयनशिप : नेपालको लगातार दोश्रो हार

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

बर्दघाट ।

पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिवल च्याम्पीयनशिपमा नेपाल लगातार दोश्रो हार ब्यहोरेको छ ।

श्रीलँकाले नेपाल विरुद्धको खेलमा ३–२ को सेटमा जित निकालेको हो । प्रतिष्प्रर्धात्मक पहिलो सेटमा २५–१८ ले पहिलो सेट गुमाएको नेपालले दोश्रो सेटमा श्रीलँका माथी २५–२१ को जित निकालेको थियो । तेश्रो सेटमा सुरुदेखी नै श्रीलँकामाथी लिड गरेको नेपालले २५–१९ अँकका साथ तेश्रो सेट पनि आफ्नो पोल्टामा पार्न सफल रह्यो ।

चौथो सेटमा भने नेपाल सुरुदेखी नै दवावमा रह्यो । चौथो सेटमा श्रीलँकाले २५–२१ को जित निकाल्दै खेलमा पुनरागमन गरेको थियो । पाँचौ तथा अन्तिम सेटमा श्रीलँकाले नेपाललाई १५–१० ले पाखा लगायो ।

पहिलो खेलमा नेपाल काजकास्तानसँग पनि २–३ सेटमा पराजित भएको थियो । प्रतियोगितामा नेपाल सँगै बँगलादेश, श्रीलँका, पाकिस्तान, काजकास्तान र उज्वेकिस्तानले सहभागिता जनाइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?