Butwal Today

पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

इस्लामाबाद । पाकिस्तान आएको मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा विगत २४ घण्टामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले  जनाएको छ ।

एनडिएमएका अनुसार पूर्वी पन्जाब प्रान्तमा नौ जनाको मृत्यु  भएको छ भने  ३८ जना घाइते भएका छन् । यसै गरी उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा छ जनाको मृत्यु भएको र दुई जना घाइते भएको उल्लेख गरिएको छ ।

पछिल्लो घटनासँगै जुन २६ देखि देशव्यापी रूपमा चलेको मनसुनी घटनामा मृत्युको सङ्ख्या बढेर ७२ जना पुग्नुका साथै १८७ जना घाइते भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ३०१ वटा घर र गाईबस्तुमा क्षति पुगेको जनाइएको छ भने  देशका विभिन्न भागहरूमा थप वर्षाको पूर्वानुमान गरिएको हुनाले अधिकारीहरूले बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?