Butwal Today

युक्रेनी ड्रोन विकासकर्तासँग जापानको सहकार्यप्रति रुसको आपत्ति

३ श्रावण २०८३, आइतबार
अ+
अ-
मस्को । युक्रेनी ड्रोन विकासकर्तासँगको सहकार्यमार्फत जापानले रुसी नागरिकको हत्यामा सहयोग पुर्‍याएको आरोप लगाउँदै रुसी उपविदेशमन्त्री एन्ड्रे रुडेन्कोले शनिबार जापानी कदमको निन्दा गरेका छन् ।
रुसी समाचार संस्था टाससँगको अन्तर्वार्तामा रुडेन्कोले युक्रेनले रुसी भू–भागमा नागरिक लक्ष्यविरुद्ध व्यवस्थित आतङ्कवादी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै किएभसँग जापानको यस्तो सहकार्यलाई खुला रूपमा शत्रुतापूर्ण कार्यका रूपमा लिएको बताए ।
“युक्रेनी ड्रोनले रुसी नागरिकलाई मारिरहेका छन् र टोकियोले उनीहरूलाई त्यसो गर्न सहयोग गरिरहेको छ,” उनले भने ।  रुडेन्कोले रुस–युक्रेन द्वन्द्वमा जापानको बढ्दो सङ्लग्नताले यसअघि नै तनावपूर्ण अवस्थामा रहेको रुस–जापान सम्बन्धलाई थप कमजोर बनाइरहेको दाबी गरे ।
उहाँले जापानको युक्रेनसम्बन्धी नीतिले दुई देशबिचको सम्बन्धमा दीर्घकालीन असर पार्न सक्ने चेतावनीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?