Butwal Today

३ वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनीत

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरू मनोनीत गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरू नारायणप्रसाद ढकाल (काठमाडौँ) र अर्चना थापा (ललितपुर) लाई मनोनयन गरेका छन् ।

प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा, ८ (१) (ख)  बमोजिम बत्सगोपाल वैद्य (ललितपुर) र लोकबहादर चित्रकार ९ललितपुर०लाई मनोनयन गरेका छन् ।

साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८  (१) (ख) अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल (पाँचथर) र अनुप बराल (कास्की) लाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?