Butwal Today

सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

३१ असार २०८३, बुधबार
अ+
अ-

सुदूरपश्चिम ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ  ।

धनगढीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । उनले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पार्टीको असहमति रहेको र समाधानका लागि छलफल भइरहेका बेला आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गरेपछि समर्थन फिर्ता लिनुपरेको बताए ।

नेता रावलले पार्टीभित्र छलफल तथा नेताहरूसँग आवश्यक परामर्शपछि आगामी योजना निर्माण गरिने र प्रदेश सरकार तथा बजेटबारे धारणा सार्वजनिक गरिने जानकारी दिए  ।

मुख्यमन्त्री कमलबहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदमुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?