© 2026
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता औँल्याउँदै नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत सबै वाम शक्तिलाई एकताका लागि आह्वान गरेका छन्।ओलीले मुलुकको राजनीतिक स्थायित्व, विकास र राष्ट्रिय हितका लागि कम्युनिस्ट शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै विगतका मतभेदलाई थाती राखेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनको यो अभिव्यक्ति पछिल्लो समय नयाँ राजनीतिक शक्ति र वैकल्पिक नेतृत्वप्रति जनआकर्षण बढिरहेका बेला आएको छ। त्यसैले ओलीको आह्वानलाई आगामी राजनीतिक समीकरण र वाम एकताको सम्भावनासँग जोडेर हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार वाम शक्तिहरूबीच एकता भए परम्परागत वाम मतलाई एकीकृत गर्न सहज हुन सक्छ। यद्यपि त्यसले नयाँ राजनीतिक शक्तिहरूको प्रभावमा कस्तो असर पार्छ भन्ने विषय भने आगामी राजनीतिक परिस्थिति, जनमत र चुनावी समीकरणमा निर्भर रहने उनीहरूको विश्लेषण छ।
ओलीको पछिल्लो सन्देशलाई केहीले वाम एकतालाई पुनर्जीवित गर्ने प्रयासका रूपमा लिएका छन् भने केहीले नयाँ राजनीतिक शक्तिको बढ्दो प्रभावलाई सामना गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन्