Butwal Today

छोराको कुटपिटबाट आमाको मृत्यु

१३ असार २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका ९ भातेढिकुर चोक स्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ उदयपुरको कटारी नगरपालिका५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?