© 2026
रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा फोर्स गाडी अनियन्त्रित भई पल्टिँदा चालकसहित आठ जना घाइते भएका छन्। तुल्सीपुरबाट मुसिकोट खलंगातर्फ जाँदै गरेको लु २ ख ४९८० नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो। दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ।
घाइतेमध्ये करिष्मा पुन मगरको अवस्था गम्भीर रहेको छ। चालकसहित चार जनाको अवस्था मध्यम रहेको छ भने अन्य तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान रुकुम प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण
चालक चन्द्र बहादुर विक, तुल्सीपुर उपमहानगरपालिका–१३, दाङ,सुष्मा खड्का मुसिकोट नगरपालिका–८, रुकुम पश्चिम
हिमान्सु घर्ती मगर, रिमा वली , मुसिकोट नगरपालिका–११, रुकुम पश्चिम विशाल पुन मगर त्रिवेणी गाउँपालिका–७ मुरुडाँडा, रुकुम पश्चिम ,करिष्मा पुन मगर , मदन घर्ती , राप्तीसोनारी गाउँपालिका–७, बाँके ,कैलाश विक , बागचौर नगरपालिका–२, सल्यान रहेका छन ।