Butwal Today

नेपाल प्रहरीको गाडीलाई ट्राफिकको कारबाही

११ असार २०८३, बिहीबार
अ+
अ-

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुर चितवनले ट्राफिक नियम उल्लंघन गर्ने नेपाल प्रहरीको गाडीलाई कारबाही गरेको छ। फुटपाथमा रोकिराखिएको बीएसी ३६४१ नम्बरको सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

कार्यालयले कानुन सबैका लागि समान रूपमा लागू हुने भन्दै नियम उल्लंघन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ। साथै, सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?