© 2026
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी अवैध रूपमा सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा गरिएको विशेष अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई ललितपुर र २ जनालाई भक्तपुरमा आवश्यक कारबाहीका लागि पठाइएको छ। कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा गुरुबारस्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल प्वाइन्ट एजुकेसन, भाइब्रेन्ट एजुकेसन, ड्रिम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, २४ आवर्स एजुकेसन, ग्रिनर एजुकेसन, ग्लोबल इम्प्याक्ट, उरेसी एजुकेसन र ब्लुम अब्रोड रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।