Butwal Today

रास्वपा महाधिवेशन: मतदान भोलि

९ असार २०८३, मंगलवार
अ+
अ-

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ ।

गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । आज दिउँसो २ः०० बजे बन्द सत्र सुरु हुने र   ६ः४५ मा समापन हुनेछ । मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ ।

महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदै छ । असी वटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ । एक सभापति  र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिए । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक  उम्मेदवार हुन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?