Butwal Today

लिटमस इन्डस्ट्रिजलाई नेपाल उद्योग परिसंघको सम्मान

२८ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३ औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधा अन्तर्गत सम्मान प्राप्त गरेको छ ।

सम्मान सिएनआईका सदस्य उद्योगहरू मध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई प्रदान गरिएको हो ।

यो उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रति लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउँदै, निर्यातको दायरा विस्तार गर्दै तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पु¥याउने लिटमसको प्रयासलाई यस सम्मानले थप पुष्टि गरेको छ ।

लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो । साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा यसले विशिष्ट पहिचान स्थापित गरेको छ ।

गुणस्तर, नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डप्रतिको प्रतिबद्धताका साथ लिटमसले नेपालको औद्योगिक विकासलाई सशक्त बनाउँदै क्षेत्रीय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप मजबुत बनाएको छ ।

कम्पनीका उत्पादनहरूले देशभित्रका महत्त्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको आवश्यकता पूरा गर्नुका साथै नेपालको औद्योगिक निर्यात पोर्टफोलियोमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

निर्यात उपलब्धि भन्दा पर लिटमस इन्डस्ट्रिजले नेपालको समग्र औद्योगिक विकासमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गरेको छ ।

उत्पादन क्षमता विस्तार, अत्याधुनिक प्रविधिको उपयोग तथा दक्ष जनशक्ति विकासमा गरिएको निरन्तर लगानीमार्फत कम्पनीले नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?